site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उच्च अदालतका ३९ न्यायाधीशले लिए शपथ

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई शपथ गराएका हुन् ।

शपथग्रहणसँगै अब न्यायाधीशहरू भोलिदेखि आउँदो माघ १२ गतेसम्म प्रशिक्षणमा रहनेछन् । त्यसपछि उनीहरू तोकिएको उच्च अदालतमा जानेछन् ।

यही पुस १८ गते बसेको न्याय परिषद्को बैठकबाट २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro