राजनीति
काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा विवाद भएपछि शेखर कोइराला बैठक छाडेर निस्किएका छन् ।
उमेदवार चयन गर्न सानेपामा जारी कांग्रेस संसदीय बोर्डको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले चार सिट दिन नमानेपछि कोइराला बाहिरिएका हुन् ।
शेखर समूहले पार्टीले गठबन्धनबाट पाएका १० सिटमध्ये चार सिट आफूहरूले पाउनुपुर्ने अडान लिएको छ । तर, देउवाले तीन सिट मात्र दिन सकिने रटान नछाडेपछि शेखर बिच्किएका हुन् ।
शेखर चार सिट दिन तयार नभएसम्म आफू बैठकमा नआउने बताएर बाहिरिएका छन् ।
अहिले सानेपामा बैठक जारी छ ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० २०:४९
प्रतिक्रिया दिनुहोस्