site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलले अन्तरिम प्रशिक्षकमा फर्नान्डो डिनिजलाई हटायो

काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिलले अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजसँगको सम्झौता टुंग्याएको छ ।

एक वर्षको सम्झौतामा अन्तरिम प्रशिक्षक बनेका डिनिजको कार्यकालमा ब्राजिलको प्रदर्शन निकै खराब रह्यो । डिनिजको प्रशिक्षणमा फिफा विश्वकप–२०२६ छनोटका ६ खेलमध्ये ब्राजिलले तीन खेलमा हार बेहोर्दा एकमा बराबरी र दुई खेलमा जितको नतिजा निकालेको थियो ।

हाल ब्राजिल छनोटबाट स्वतः छानिने ६ टिममध्ये छैटौँ स्थानमा छ । ब्राजिल फुटबल कन्फेडेरेसनले (सीबीएफ)ले एक विज्ञप्ति जारी गर्दै डिनिजको सम्झौता टुंग्याएको पुष्टि गरेको हो ।

“सीबीएफ फर्नान्डो डिनिजलाई उनले गरेको कार्यप्रति धन्यवाद व्यक्त गर्न चाहन्छ । हामीले डिनिजसँगको सहकार्य समाप्त गरेका छौँ र उनलाई सुभकामना दिन चाहन्छौँ,” सीबीएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro