site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ७२२ पुग्यो

गाजा । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २२ हजार ७२२ पुगेको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएअनुसार, इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ । २५६ जना घाइते भएका छन् ।

गएको अक्टोबर ७ को आक्रमणयता मृत्यु हुनेको कुल संख्या २२ हजार ७२२ पुगेको छ । घाइतेको संख्या ५८ हजार १६६ पुगेको छ ।

यसैबीच, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा सहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।

प्यालेस्टाइन शरणार्थीका निम्ति संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शंकास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको उनले बताए । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro