site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यापार, व्यवसाय चलायमान हुन थाल्यो : अर्थमन्त्री
तस्बिर : सनद अधिकारी/रासस ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कंदै गएको बताएका छन् । शनिबार चितवनको नारायणगढमा उद्योग वाणिज्य सघ चितवनको वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले घरजग्गाको कारोबार, सेयर बजारको अवस्थालाई हेर्दा अर्थतन्त्र विस्तारै लयमा फर्कंदै गएको संकेत देखिएको बताए ।

उनले अहिले देशमा विप्रेषण बढ्दै गएको र पर्यटक आगमन वृद्धि हुँदै गएकाले नकारात्मक कुरा मात्र नभई देशको यथार्थ विषय बाहिर आउनुपर्ने उल्लेख गरे । मुलुकमा व्यापार, व्यवसाय विस्तारै चलायमान हुँदै गएको र लगानी पनि भित्रन थालेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आफूहरूको धेरै प्रयासपछि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा फरक आएको बताए । उनले महासंघको आग्रहमा गरिएको सर्वपक्षीय बहस र भेलापछि वित्तीय सस्थाहरूबाट लिएको कर्जाको ब्याज घटेको जिकिर गरे । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro