site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३० हजार घुस लिएको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३० हजार रुपैयाँ घुस लिएको आरोपमा बिहीबार अख्तियारले विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनी बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गएको मंसिर १२ गते उनलाई नियन्त्रणमा लिइएको थियो ।

“...निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको हुँदा निज पवन साउदलाई रु. ३०,०००।– (तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,” प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement