site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपबारे पारस भन्छन्– सजाय निर्धारणपछि मात्रै क्यानको आधिकारिक धारणा आउँछ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको विषयमा आउँदो पुस २५ गते निर्धारण गरिने सजायपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।  

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा पारस खड्काले सन्दीपको विषयमा आधिकारिक निर्णयका लागि क्यान पुस २५ गते निर्धारण गरिने सजाय कुरिरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“यस विषयमा हामीले हाम्रो कानुनी सल्लाहकारसँग समन्वय गरिरहेका छौँ । हाम्रो कानुनी सल्लाहकार सन्दीपको कानुनी सल्लाहकारसँग निरन्तर सम्पर्कमा छन्,” सचिव खड्काले भने, “क्यानले अहिले आधिकारिक निर्णय गर्नुअघि पुस २५ गते निर्णय के कस्तो हुन्छ भन्ने कुरामा अध्यक्षज्यूसँग कुराकानी भएको थियो । निर्णयपछि हामीले हाम्रो कानुनी सल्लाहकारसँग समन्वयन गरेर सन्दीपको विषयमा क्यान कसरी अघि बढ्छ भन्ने विषयमा आधिकारिक विज्ञप्ति जारी गर्नेछौँ । हामी सजाय कुर्दैछौँ ।” 

गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी असोज २० मा पक्राउ परेका थिए ।

Global Ime bank

जिल्ला अदालत काठमाडौंले पुस १३ गते सन्दीपलाई दोषी ठहर गरेको थियो । अदालतले पीडितलाई बालिग बताउँदै सन्दीपलाई दोषी ठहर गरे पनि सजाय तोक्नका लागि भने २५ गतेलाई पेसी तोकेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय