site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सर्वसाधारणलाई प्रिमियममा ३० प्रतिशत आईपीओ दिनेदेखि विदेशी स्टक भित्र्याउनेसम्म

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुनर्संरचनाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । शोभाकान्त पौडेल अध्यक्ष भएपछि पहिलो पटक बसेको सञ्चालक समितिको बैठकले नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो । पौडेलको अध्यक्षतामा मंसिर २८ गते बैठक बसेको थियो ।

प्रस्तावमा सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल पुनर्बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, वाणिज्य बैंकहरू, राष्ट्रियस्तरका विकास बैंकहरू, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकलाई सेयर दिने पनि प्रस्ताव गरिएको छ । अहिले नेप्सेमा सबैभन्दा बढी सरकारको ५८.६६ प्रतिशत छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत सेयर स्वामित्व छ भने कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज र प्रभु बैंकको ५/५ प्रतिशत र अन्यको ०.६० प्रतिशत नेप्सेमा सेयर स्वामित्व छ ।

अब भने अहिले दिइएको सेयर स्वामित्व घटाएर वित्तीय संस्थालाई र अन्य संस्थागत लगानीकर्तालाई सेयर बाढ्ने नीति नेप्सेले लिएको छ । नेप्सेले प्रस्ताव गर्ने बित्तिकै यो प्रस्ताव पारित हुँदैन । यो प्रस्ताव पारित भएर आए नयाँ स्टक एक्सचेन्जको आवश्यकता नपर्ने एक उच्च अधिकारीले बताए ।

नेप्से पुनर्संरचनाको प्रस्ताव पहिलो पटक भने होइन । यसअघि नेप्सेको पुनर्संरचना गर्नका लागि विभिन्न अध्ययन उपसमिति नै बनाइएका थिए । ती अध्ययन उपसमितिले प्रतिवेदन पनि पेस गरे । तर, अहिलेसम्म नेप्सेको पुनर्संरचनाका लागि कुनै पहल भएको छैन ।

यो पटक भने पौडलेले नेप्सेको चुक्तापुँजी तीन अर्ब पुर्‍याउन सर्वसाधारणलाई प्रिमियम मूल्यमा ३० प्रतिशत आईपीओ निष्कासनका साथै सबैलाई समानुपातिक तरिकाले सामेल गर्ने प्रस्ताव गरेका छन् । राजनीतिक नेतृत्वले उच्च प्रतिफल दिँदै आएको आफ्नो संस्थालाई कुनै पनि समयमा हेरेको देखिँदैन । नेपाल धितोपत्र बोर्डले नेप्सेले गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेका छन् ।

त्यस्तै, प्रस्तावमा सरकारको १९.५५ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३.१७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ३.७४ प्रतिशत, कर्मचारी संचय कोष ३.३३ प्रतिशत र लक्ष्मी सनराइज बैंकलाई १.६७ प्रतिशत, प्रभु बैंकलाई १.६७ प्रतिशत, अन्य संस्थापकहरुलाई ०.२ प्रतिशत सेयर वितरण गरिने छ ।

त्यस्तै,  पुनर्बिमा कम्पनी, जीवन तथा निर्जीवन कम्पनी १३.३३ प्रतिशत, वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंक १३.३३ प्रतिशत, सरकारी स्वामित्वका संस्थानलाई १०.०० प्रतिशत र सर्वसाधारण समूहअन्तर्गत जारी पुँजीको ३० प्रतिशत सेयर कर्मचारीसहित सर्वसाधारणलाई वितरण गरिने छ ।

त्यसैगरी नेप्से संचालक समितिले दफा (घ) मा उल्लेखित सेयर संरचना संशोधन गरी उपयुक्त सेयर विदेशी स्टक एक्सचेन्जलाई दिनसक्ने पनि प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro