site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहकारी ठगी प्रकरण : महेन्द्र भोटे र भविश्वर अर्याल कारागार चलान
Sarbottam CementSarbottam Cement

पोखरा । जिल्ला अदालत कास्कीले मंगलबार र बुधबारको बयानपश्चात सूर्यदर्शन सहकारीको ठगीमा मुछिएका शिवबहादुर गुरुङ भनिने महेन्द्र भोटेलाई थुनामा पठाउने आदेश दिएको छ । गुरुङ एमालेको भातृसंगठन युवा संघका उपमहासचिव समेत हुन् ।

फरार रहेका उनी मंगलबार कानुन व्यवसायीको साथमा अदालतमा उपस्थित भएका थिए । मंगलबार उनको बयान नसकिएका कारण प्रहरीले हिरासतमा राखेको थियो । बुधबार उनको बयान सकेपछि कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो ।

उनीसहित अर्का आरोपित भविश्वर अर्याललाई पनि थुनामा पठाउने आदेश दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार धरौटीमा छोड्न अदालतले अस्वीकार गरेसँगै दुवै जना कारागार चलान भएका छन् । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

गीतेन्द्र बाबु (जीवी) राईको समूहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरूको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको बताइन्छ । सूर्यदर्शन सहकारीको १० करोड भन्दा बढी रकम गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनमा खर्च गरिएको खुलासा भएको थियो ।

Global Ime bank

सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि १९ जनाको संलग्नता देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो ।

सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

सहकारीले एक हजार ३६ बचतकर्ताको एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement