site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षकलाई स्थानीय तह मातहतमा नराख्न संविधान संशोधन गरौँ : शिक्षक महासंघ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान संशोधन गर्न माग गरेको छ ।  बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई स्थानीय तह मातहतमा नराख्ने गरी संविधान संशोधन गर्न  आवश्यक रहेको बताएको हो । 

बैठकमा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षकहरूलाई स्थानीय तह मातहत राखेर कारबाही गर्नेसम्मको अधिकार दिँदा आग्रह, पूर्वाग्रहका साथ कारबाही गरिने गरेको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले स्थानीय तहहरूका कारण शिक्षक पीडित हुने अवस्था रहेको बताइन् । उनले स्थानीय तह मातहतमा शिक्षकहरू बस्न नमानेको अवस्थामा आवश्यक परेमा संविधान संशोधन नै गर्नुपर्ने धारणा राखिन् । 

शिक्षकलाई प्रदेश अथवा शिक्षा विभागको मातहतमा राखे राम्रो हुने उनको धारणा छ । 

Global Ime bank

ट्रेड युनियन अधिकारलाई कटौती नगर्न उनको माग छ । उनले शिक्षकका संघ÷संगठनहरुलाई खारेज गर्न नहुने बताइन् । 

महासंघले शिक्षक–कर्मचारीको रजिस्ट्रेसन, तालिम र पेसागत विकासमा काम गर्न एउटा शिक्षण काउन्सिल बनाउन समेत माग गरेको छ । 

महासंघले स्थानीय तहले शिक्षकको सेवा, सुविधाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ । स्थानीय तहले संघीय र प्रदेश कानुन विपरीत कानुन बनाउन नपाउने प्रावधान राख्नुपर्ने पनि महासंघको सुझाव छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय