site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन खोजियो : गैरे
फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको टिप्पणी गरेका छन् । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले सरकार ढालेर प्रधानमन्त्री बन्ने असफल प्रयास बन्द गर्न आग्रह गरे ।

“पेसागत, संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने, सरकार ढाल्ने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न बन्द हुनुपर्छ,” उनले भने, “त्यसो भए मात्रै प्रतिपक्षीका माननीयले राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको अर्थ हुनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ‘शिक्षक महासंघका नेता बैठकबाट बाहिर आएपछि समस्या ज्युँका त्युँ रहने किन भइरहेको छ ?’ भन्दै प्रश्न गरे । 

बैठकमा एउटा र सडकमा अर्को कुरा गरिँदा निकास ननिस्किएको उनको भनाइ थियो ।

सांसद गैरेले एकैपटक सबै माग सम्बोधन गर्ने अवस्था नरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीलाई पनि जानकारी भएको बताए ।

बुधबार (वैशाख १७)सम्ममा वार्ता निष्कर्षमा पुर्‍याउनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्