site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसीलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेट

काठमाडौं । फाइनलमा कोसी प्रदेशलाई ११ रनले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कोसीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।

कोसीकी ओपनर तथा कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि टिमको हार टार्न सकिनन् । उनले ५८ बलमा सात चौका र एक छक्का प्रहार गरिन् । काजल श्रेष्ठले २२ रन थप्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफकी सीता रानामगर र करुणा भण्डारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो । 

एपीएफकी इन्दु वर्माले ५३ रन बनाएकी थिइन् । उनले ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन् । ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफविरुद्ध कोसीकी अप्सरी बेगमले ह्याट्रिक लिएकी थिइन् । चार ओभर बलिङ गरेकी अप्सरीले २१ रन खर्चिदै तीन विकेट लिएकी हुन् ।

अप्सरीले १९.१ ओभरमा इन्दु बर्मालाई, १९.२ ओभरमा नेरी थापालाई र १९.३ ओभरमा सोनु खड्कालाई आउट गरिन् ।

यसबाहेक, अलिसा खाडियाले दुई विकेट लिँदा कप्तान रुविना क्षेत्री र निशा साहले समान एक विकेट लिए । 

एपीएफले पाँचौँ पटक प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले यसअघि सन् २०१७, २०१८, २०१९ र २०२२ मा प्रतियोगिताको उपाधि जितेको थियो

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro