site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सभामा सांसदको प्रश्न– बीपी प्रतिष्ठानको नयाँ भवन कहिले पूरा हुन्छ ?
SkywellSkywell

विराटनगर । कोसी प्रदेशका सांसदले मंगलबार सदनको शून्य समयमा विकाससँग सम्बन्धित विषय उठान गरेका छन् ।

राप्रपाकी सांसद गीतारानी महतोले सीमान्तकृत तथा पिछडावर्गलाई आरक्षणको व्यवस्था गर्न माग गरिन् । नेकपा (माओवादी केन्द्र)की सांसद बन्दना झागडले गौरादहदेखि सरङपाडा सडक तीन वर्षदेखि निर्माण थालिए पनि काम रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

Dabur Nepal
NIC Asia

नेकपा (एमाले)की सांसद यशोदा कायस्थले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको बताउँदै सुधारको माग गरिन् । उनले भनिन्, “मुटुरोग र क्यान्सर उपचार व्यवस्था गर्न २०७३ मा काम सुरु भए पनि संरचना निर्माणको काम लथालिंग भएको छ ।”

उनले पटक–पटक काम रोकिँदा नयाँ भवन अलपत्र बनेको भन्दै चासो दिन सरकारको ध्यानाकर्षण गराइन् । ‘बीपी प्रतिष्ठानको नयाँ भवन कहिले पूरा हुन्छ ?’ भन्दै उनले प्रश्न गरिन् ।

एमालेकै सांसद राधाकृष्ण खनालले हात्तीले किसानले उत्पादन गरेको बालीनाली खाने र ज्यानको समेत क्षति गर्ने गरेको बताए । झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले दुःख दिएको उनले सुनाए ।

हात्तीको आक्रमणमा परी स्थानीय मेघराज राईको मृत्यु भएको भन्दै सांसद खनालले दुःखमा रहेको विपन्न परिवारलाई सहयोग गर्ने वातावरण बनाउन माग गरे ।

राप्रपाकी सांसद सविना बजगाईंले झापाको बुद्धशान्ति बर्नेमा मदन भण्डारी लोकमार्गका कारण ६० परिवार विस्थापित हुने अवस्था आएको बताइन् । उनले भनिन्, “जनता आवासको अधिकारबाट वञ्चित हुनु हुँदैन । सडक केही परबाट लगे घर बचाउन सकिन्छ ।”

एमाले सांसद सिर्जना राईले कृषिक्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताइन् । भोजपुर रंगशाला निर्माण सम्पन्न भए पनि सञ्चालनमा नल्याइएको उनले उल्लेख गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu