site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापान भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो, के–के भयो ? (२० तस्बिर)
SkywellSkywell

काठमाडौं । जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । मध्यजापानको इशिकावा प्रान्तमा केन्द्रविन्दु भएर सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस क्षेत्रमा पर्ने रहेको नोटो विमानस्थलमा समेत क्षति पुगेको र मानिस अलपत्र परेको जनाइएको छ ।

भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।

KFC Island Ad
NIC Asia

जापानको वाजिमा सहरमा भत्केर भग्नावशेषमा परिणत भएर धुवाँ उडिरहेका घरको दृष्य सार्वजनिक भएको छ । त्यहाँ १५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

करिब एक हजार उद्धारकर्ताले भग्नावशेषमुनि फसेको हुन सक्ने मानिसको खोजी गरिरहेको बताइएको छ ।

Royal Enfield Island Ad

j8-1704175514.jpg
 

जापानको सेनाले घर छाड्नुपरेका मानिसलाई खाना, पानी र कम्बललगायत सामग्री दिइरहेको छ ।

जापानको मौसम विज्ञान कार्यालयले सोमबारयता देशमा ७.६ म्याग्निच्युड र अर्को ६ म्याग्निच्युडसहित १५५ भूकम्प÷परकम्प गएको जनाएको छ ।

भूकम्पपछि दिइएको सुनामीको चेतावनी अहिले जोखिम घटेपछि हटाइएको छ ।

j20-1704175489.jpg
 

अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका छन् ।

भूकम्पका कारण भत्किएका घर, च्यापिएका गाडी र धुवाँ उडिरहेको भग्नावशेषको तस्बिर अहिले सामाजिक सञ्जालमा पोस्ट गरिएको देखिन्छ ।

जापानमा प्रत्येक वर्ष औसतमा करिब एक हजार ५०० भूकम्प जाने गर्छ ।

सन् २०११ मा गएको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीले फुकुसिमाको आणविक प्लान्टमा दुर्घटना निम्त्याएको थियो । त्यति बेला १९ हजार ७५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । बीबीसीबाट ।

थप तस्बिर हेर्नोस्–

j10-1704175554.jpg

j11-1704175554.jpg

j12-1704175554.jpg

j6-1704175553.jpg

j7-1704175553.jpg

j9-1704175553.jpg

j2-1704175551.jpg

j1-1704175551.jpg

j3-1704175552.jpg

j5-1704175552.jpg

j19-1704175593.jpg

j15-1704175592.jpg

j16-1704175592.jpg

j17-1704175592.jpg

j18-1704175592.jpg

j13-1704175591.jpg

j14-1704175591.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro