site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विद्यालयले यी कार्यक्रम नहटाए अनुदान रोक्ने ट्रम्प प्रशासनको चेतावनी

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले विविधता, समानता र समावेशीकरण कार्यक्रम चलाउने सार्वजनिक विद्यालयलाई संघीय अनुदान सहयोग रोक्ने चेतावनी दिएको अमेरिकाको नेसनल पब्लिक रेडियोले जनाएको छ ।

अमेरिकी शिक्षा विभाग (मन्त्रालय)ले देशभरिका राज्य नेताहरूलाई पठाएको पत्रमा यदि विद्यालयहरूले नागरिक अधिकार कानुनको पालना गर्न असफल भए निम्न आय भएका विद्यार्थी बढी भएका विद्यालयलाई लक्षित गरिएको टाइटल–१ अनुदान खतरामा पर्न सक्ने बताइएको छ । 

Argakhachi Cement Island Ad

पत्रमा भनिएको छ, “विविधता, समानता र समावेशीकरण कार्यक्रमहरू प्रयोग गरेर एक जातिलाई अर्को भन्दा फाइदा पुर्‍याउने कार्य अस्वीकार्य छ किनभने यो नागरिक अधिकार कानुनको कुनै पनि उल्लंघन हो ।” 

विद्यालय तथा राज्य अधिकारीलाई मेमोसँग पठाइएको सर्टिफिकेसन पत्रमा हस्ताक्षर गरेर १० दिनभित्र विभागमा फिर्ता गर्न पनि निर्देशन दिइएको छ । हस्ताक्षर गरेर १० दिनभित्र विभागमा फिर्ता नगरे यो निर्देशन उल्लंघन मानिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्