site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा बस पल्टिँदा २० यात्रु घाइते, चारको अवस्था गम्भीर
प्रतीकात्मक तस्बिर ।

तनहुँ । तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० यात्रु घाइते भएका छन् ।

डुम्रे बजारदेखि लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१, मोहरियामा अनियन्त्रित भइ पल्टिएको हो ।

प्रहरीका अनुसार, घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी १६ जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

“गाडी साहु र चालकको खोजी भइरहेको छ,” उनले भने, “कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।” रासस

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro