site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईका अधिकांश स्थानमा हुस्सु, वाग्मतीसहित तीनवटा प्रदेशमा हिमपात हुने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।  तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भू–भागमा आंशिक बदली हुने, कोसी, वाग्मती र गण्डकी प्रदेशमा हिमपात तथा तराईमा हुस्सु/कुहिरोका कारण हुने चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ । 

अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro