site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अंग्रेजी नयाँ वर्षमा ‘फोन पे गर्ने हो’ अभियान, विजेतालाई स्मार्टफोन उपहार

काठमाडौं । भुक्तानी सेवा प्रदायक फोन पेले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘फोन पे गर्ने हो’ अभियानको ल्याएको छ ।

फोन पेसँग “सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ” भन्ने सन्देशमा आधारित रहेर अभियान सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

पुस १३ देखि पुस १७ गतेसम्म चल्ने अभियानमा सहभागी हुन पाँच पटक फोन पे ‘क्यूआर’ वा फोन पे ‘डिरेक्ट’ सेवा प्रयोग गर्नुपर्ने छ ।

फोन पे क्यूआर वा फोनपे डिरेक्ट दुवैबाट सेवा पाँच पटक प्रयोग गरेर पनि अभियानमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागीमध्ये दुईजना विजेतालाई साओमी १२ स्मार्टफोन उपहार दिइने फोन पेले जनाएको छ ।

अभियानमार्फत मानिसलाई डिजिटल भुक्तानी अपनाउन प्रेरित गर्न खोजेको फोन पेले जनाएको छ ।

फोन पे ‘क्यूआर’ र ‘फोन पे डिरेक्ट’ले दैनिक भुक्तानी तथा लेनदेन गर्न सहज सुविधा उपलब्ध गराउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro