site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकहरू लगानी गर्ने अवस्थामा छैनन् : अध्यक्ष गोल्यान 

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण नभएको बताएका हुन् ।

सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

“हामी (बैंक) पनि अब परिवर्तन हुनुपर्छ । बैंकले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ । कर्पोरेट क्षेत्रमा मात्र कर्जा प्रवाह गरेर अर्थतन्त्र सबल हुँदैन,” उनले भने, “कतिपय नीतिकै कारण बैंकमा पैसा भएरै पनि लगानी भएन । हामीले त्यतातिर ध्यान दिनुपर्छ ।”

बैंकमा पैसा थुपारेर मात्र अर्थतन्त्र सबल नहुने उनले बताए । उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने उनले उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro