site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुसको ठन्डीमा लामखुट्टे र डेंगी, के हो कारण ?

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा तीन दिनको अन्तरालमा एकदेखि दुईजना बिरामीमा डेंगी संक्रमण पुष्टी हुन्छ । वीर, टिचिङलगायत अस्पतालमा पनि फाट्टफुट्ट डेंगीका केस देखिइरहेका छन् । 

काठमाडौंको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री  सेल्सियसबीचमा रहँदा डेंगी सार्ने लामखुट्टे अझै किन सक्रिय छ ? यो पछिल्लो समय आम नागरिक र किटजन्य रोगका सरोकारवालाहरूको चुनौतीको विषय यही बनिरहेको छ । 

हिउँदमा पनि शून्यमा झरेन डेंगी केस 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार पछिल्लो चार वर्षयता कुनै पनि महिना डेंगी केस शून्यमा झरेको छैन । गतवर्ष सन् २०२२ को नोभेम्बरमा ४ हजार २९० र डिसेम्बरमा ४८३ केस रिपोर्ट भएको थियो । 

यो वर्ष नोभेम्बरमा २ हजार १२२ र डिसेम्बर २२ सम्म ३७१ डेंगीका केस देखिएका छन् । डिसेम्बरमा काठमाडौंमा मात्रै ३३ जना संक्रमित देखिएका छन् । यो वर्ष डिसेम्बर २२ सम्म ५१ हजार ३२३ जना संक्रमित भएको र संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
 
मध्य जाडोमा पनि लामखुट्टे सक्रिय 
काठमाडौंमा बिहीबार बिहान ५ः४५ को न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । दिउँसो बढेर १८.९ डिग्री सेल्सियस पुगेको थियो ।  
 
डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजनन्का लागि १६ डिग्री सेल्सियस वा सोभन्दा माथिको तापक्रम उपयुक्त हुने किटजन्य रोग विशेषज्ञ उक्तम प्याकुरेल बताउँछन् । “लामखुट्टेले पानीभन्दा ५ सेन्टिमिटर माथि सुख्खा ठाउँमा अण्डा पार्छ, सो अण्डा पानी र उपयुक्त तापक्रम पाए एक वर्षसम्म पनि प्रजनन् हुनसक्छ र एकपटक डेंगी संक्रमण बोकेको लामखुट्टेका सन्ततीले सँधै संक्रमण सार्ने जोखिम रहिरन्छ,” प्याकुरेल भन्छन् । 

यसबाहेक हाल लामखुट्टे सक्रिय सहिरहनुको कारण यसरी औँल्याउँछन् प्याकुरेल 
–टायर, पानीका भाँडालगायत ठाउँमा लामखुट्टेका अण्डा सञ्चित छन्, ती जुनसुकै बेला प्रजनन् हुनसक्छन् ।
–जलवायु परिवर्तनको असरस्वरुप औसत तापक्रम १६ डिग्रीभन्दा तल झर्न सकेको छैन, जसले लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण बनाइरहेको छ । 

जाडोयाममा पनि लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त पनि लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । कुनै पनि पहाडी वा हिमाली जिल्लाको तापक्रम मात्रै लगातार १०० दिनसम्म १६ डिग्री सेल्सियसभन्दा बढी भएमा त्यहाँ लामखुट्टेका लागि प्रजननमैत्री वातावरण बन्छ ।
 
अघिल्ला वर्षहरूको रेकर्ड हेर्दा डेंगीको जोखिम डिसेम्बर अन्तिमसम्म रहने वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको अनुभव छ । केही विशेष ठाउँमा जनवरीसम्म पनि संक्रमित देखिने गरेको डा. पुन बताउँछन् । 

वर्षैभरी डेंगी देखिनु चुनौती 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल पछिल्ला वर्षमा डिसेम्बरसम्म पनि डेंगी देखिनु चुनौतिपूर्ण भएको बताउँछन् । “पछिल्ला केही वर्षयता बाह्रै महिना डेंगीका केस देखिइरहेका छन्, यसरी सँधै देखिनु चाहिँ चिन्ताजनक विषय बनेको छ”, उनी भन्छन् । 

यसमा औसत तापक्रम १६ डिग्रीभन्दा तल नझर्नु र नेपाल भारतबीचको असुरक्षित आवतजावत नै मुख्य कारण देखिएको उनको ठहर छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro