site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल खरिद–बिक्रीमा समितिको प्रतिवेदनपछि सरकारले निर्णय लिन्छ : सञ्चारमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले आवश्यक निर्णय लिने बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिन् । कर छली वा कानुनविपरीत काम गरेको पाइएमा कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारिन् ।

“कसैबाट कानुनविपरीत काम भएको कुरा पुष्टि हुँदा, कर छलीको प्रयत्न भएको पाइएमा, गैरकानुनी काम भएका छन् भने जुनसुकै पनि कानुनको दायरामा आउन सक्ने स्थितिको आकलन गरेर गर्नुपर्छ भन्ने प्रतिबद्धतासहित यो सरकारले समिति गठन गरेको हो,” उनले भनिन्, “अहिले समिति अध्ययन, छानबिनमै भइराखेको हुनाले ठ्याक्कै के भएको हो, के हुनेवाला छ भन्ने कुरा अहिले छिटो हुन्छ होला । समितिले आफ्नो समयसीमाभित्र काम सम्पन्न गर्ने नै प्रतिबद्धता व्यक्त गरेको छ । उसले काम सम्पन्न गर्नेबित्तिकै हामी यसमा आवश्यक निर्णय लिनेछौँ । हाम्रो नियामक निकायमार्फत हामी यी काम गराउनेछौँ भन्ने कुरा जानकारी गराउन चाहन्छु ।”

मन्त्री शर्माले उक्त समितिले स्वतन्त्रतापूर्वक छानबिन गरिरहेको बताइन् । समितिले सरोकारवाला सबै निकायसँग समन्वयमा काम गरिरहेको उनको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो तर्फबाट गर्ने काम पनि गरिरहेको उनले बताइन् । मन्त्रालयले पनि आवश्यक काम गरिरहेको उनले सुनाइन् । एनसेल नेपालको स्वामित्वमा आउनुपर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताइन् ।

मन्त्री शर्माले दूरसञ्चार ऐन संशोधन गर्न मन्त्रालय लागिपरेको जानकारी दिइन् । उनले मन्त्रिपरिषद्बाट सो ऐन संशोधनका निम्ति सैद्धान्तिक स्वीकृति लिएर काम अगाडि बढाइएको बताइन् ।

ऐनका छिद्रलाई टालेर र दूरसञ्चारको क्षेत्रमा समयानुकूलको विकासलाई अगाडि बढाउने गरी संशोधन गरिने उनले प्रस्ट पारिन् ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro