site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघ्यो

काठमाडौं । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार नाघेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले गाजापट्टीमा इजरायली आक्रमणबाट २१ हजार ११० जनाको मृत्यु र ५५ हजार २४३ मानिस घाइते भएका जानकारी दिए ।

पछिल्लो २४ घण्टामा इजरायली हमलामा परी १९५ जनाको मृत्यु भएको उनले बताए । यो अवधिमा ३२५ जना घाइते भएका र अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए ।

यसैबीच, प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सव रद्द गर्ने बुधबार घोषणा गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro