site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हाफमा काठमाडौंविरुद्ध ललितपुर २–० ले अगाडि

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसीले पहिलो हाफमा २–० को अग्रता बनाएको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ललितपुरलाई अग्रतामा राख्न इमोह एजिकील र पापा इबोउ केबेले गोल गरे ।

Dabur Nepal
NIC Asia

३६औँ मिनेटमा एजिकीलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखे । पापा इबो केबेको प्रहार काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाए पनि नियन्त्रण गर्न नसक्दा एजिकीलले ट्याप इन गोल गरे । 

पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा ललितपुरका केबेले अग्रता दोब्बर पारे ।

त्यसअघि दुवै टिमले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पाँचौँ मिनेटमा काठमाडौंका सुशील कुमार यादवको क्रस मार्की खेलाडी हिसुब थपलियासम्म पुग्न नपाउँदै ललितपुरका अश्विन घोरासइनीले क्लियर गरिदिए ।

खेलको ११औँ मिनेटमा ललितपुरले गोलको पहिलो अवसर सिर्जना गर्‍यो । तर, दिनेश हेन्जजको प्रहारले पोस्टको दिशा लिन नसक्दा ललितपुरले अग्रता लिन सकेन । काठमाडौंका किङ्गे जुनियरको अनियन्त्रित बल खोस्दै इमोन एजिकीलले दिएको कट्ब्याक कुनै पनि निगरानीमा नरहेका दीनेशले सदुपयोग गर्न सकेनन् ।

निर्धारित हाफ सकिन ६ मिनेट बाँकी छँदा काठमाडौंले सेटपीस अवसरमा गोल गर्न सकेन । शोखरुख एमको फितलो फ्रिकिक प्रहार ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले सहजै बचाए ।

काठमाडौं र ललितपुरबीचको विजेताले बिहीबार दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सको सामना गर्नेछ । सोमबार भएको पहिलो क्वालिफायर्समा पोखराले धनगढी एफसीविरुद्ध टाइब्रेकरमा ४–३ को हार ब्यहोरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro