site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इलिमिनेटरमा साविक विजेतालाई ललितपुरको चुनौती

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्ससामु ललितपुर सिटी एफसीले चुनौती प्रस्तुत गर्दै छ ।

प्रतियोगितामा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । तेस्रो स्थानको काठमाडौंले आठ खेलबाट समान तीन खेलमा जित र बराबरीसँगै दुई खेलमा हारको नतिजासहित १२ अंक जोड्दै प्लेअफमा स्थान बनाएको हो । चौथो स्थानको ललितपुरले लिग चरणमा दुई जित, चार बराबरी र दुई खेलमा हार बेहोरेको थियो ।

प्लेअफको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जन टोलीको लक्ष्य उपाधि रक्षा गर्ने रहेको बताएका थिए ।

“हाम्रो मुख्य लक्ष्य भनेकै उपाधि रक्षा हो । ललितपुरलाई हराएर इलिमिनेटर खेल्ने भएका छौँ । यही स्प्रिट र इफोर्डको साथ खेल्छौँ । अरू टोली पनि उत्कृष्ट छन् । हामी लालितपुरविरुद्ध शतप्रतिशत दिने छौँ, महर्जनले भने ।”

ललितपुरका मुख्य प्रशिक्षक इयान गिलानले काठमाडौंविरुद्ध उत्कृष्ट प्रदर्शनको गर्ने आशा व्यक्त गरेका थिए ।

“गर या मर अवस्थामा छौँ । तर हामी धेरै तनाव नलिई सकारात्मक भएर खेल्छौँ । पछिल्लो केही खेलमा राम्रो प्रदर्शन भए पनि गोल भने निस्कन सकिरहेको छैन,” गिलानले भने, “हामी गल्तीहरूलाई सुर्धादै उत्कृष्ट प्रर्दशन गर्ने प्रयास हुने छौँ । जस्ले जित्छ त्यही टोली अगाडि बढ्छ ।”

यसअघि लिग चरणको अन्तिम खेलमा काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुने छ । आजको खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा पोखरा थन्डर्ससँग खेल्ने छ ।

यसअघि सोमबार भएको पहिलो प्लेअफमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि पोखराले दोस्रो प्लेअफ खेल्न पर्ने भएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro