site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगीहरूको एक स्वर– विद्युत् महसुल नतिरेको भनेर हाम्रो गलत प्रचार गर्‍यो

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विद्युत् बक्यौतामा देखिएको विवादलाई मध्यमार्गी बाटोबाट सुल्झाउन आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले उद्योगीले महसुल नतिरेको भन्ने भाष्य बनाउन नहुने बताए । 

"प्राधिकरणले समाधनको प्रयास नगरी लाइन काटियो । यो २०७२–२०७५ सम्मको विवाद हो । अरू हामीले नियमित महसुल तिरेका छौँ," उनले भने, "उद्योगीले महसुल नै तिरेका छैनन् भन्ने भाष्य प्राधिकरण जनमानसमा प्रचार गरेको छ । हामीले नियमित महसुल तिरेका छौँ । विवादित महसुल मात्र हामीले नतिरेको हो ।" 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले उद्योगलाई संरक्षण गर्नुपर्ने ठाउँमा उद्योगलाई सक्ने काम भएको बताए ।

"आर्थिक समस्या परेको समयमा उद्योगीलाई सरकारले सखाप पार्ने काम गर्‍यो । अतिरिक्त विद्युत् खपत नगरेका उद्योगलाई प्राधिकरणले बिल काट्यो," उनले भने, "कानुन अनुसार हामी महसुल तिर्न तयार छौँ । टीओडी मिटरको डाटा प्राधिकरणले दिनुपर्‍यो ।"

प्राधिकरणले लाइन काट्दा राज्यलाई बक्यौता आउनेभन्दा बढी घाटा हुने उनले बताए । उद्योगीलाई जानकारी नै नदिई प्रिमियम थप गरेर तीन वर्षपछि उद्योगीलाई जानकारी दिएको थापाले बताए । 

त्यस्तै, उद्योगी शशिकान्त अग्रवालले प्राधिकरको बिल अनुसार पैसा समयमै तिरेको बताए । 

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले टीओडी डाटा राख्नुपर्ने व्यवस्था भए पनि प्रधिकरणले त्यो डाटा उपलब्ध गराउन आनाकानी गरेको बताए ।

"डाटा अनुसार हामी पैसा तिर्न तयार छौँ । प्राधिकरणले सम्झौता अनुसार उद्योगलाई पावर दिएको छैन," उनले भने । 

अधिवक्ता रमण कर्णले डेडिकेडेट र ट्रंक लाइन केलाई भन्ने भनेर प्रस्ट भए पनि त्यस अनुसार प्रधिकरणले कानुनको पालना नगरेको बताए । प्राधिकरणले प्रमाण लुकाएर बिल काटेको पनि उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro