site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी लगातार दोस्रोपटक फाइनलमा 
SkywellSkywell

काठमाडौं । पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४–३ ले हराउँदै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि थियो ।

तर, अन्तिम मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काएपछि नतिजा बराबरीमा आइपुगेको हो । यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलको नतिजा ४–३ ले जित्दै धनगढी फाइनल प्रवेश गरेको हो ।

Dabur Nepal
NIC Asia

Dhangadhi-1-1703516037.jpg

पेनाल्टीमा पहिलो प्रहारका लागि आएका धनगढीका रिचार्ड ओसेइ, दोस्रोका लागि आएका फोडे फोफाना, चौथोका आशिष चौधरी, पाँचौँ देवेन्द्र तामाङले गोल गरे ।

तेस्रोका प्रहारका लागि आएका अहमद हिजाजीको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले विफल बनाए पनि टिमको हार टार्न सकेनन् ।

पोखराबाट पहिलो प्रहारका लागि आएका कप्तान दीनेश राजवंशी, दोस्रोका प्रहारका लागि आएका एन्जल महर्जन, तेस्रोमा आएका सुरजजिउ ठकुरीले गोल गरे । तर, चौथो प्रहारमा आएका मोसेस ग्यावा र पाँचौँमा आएका आयुश घलानको प्रहारलाई धनगढीका गोलकिपर मोहमद ताहाले विफल बनाउँदै आफ्नो टिमको स्थान फाइनलमा सुरक्षित गरे ।

Dha-1703516036.jpg

त्यसअघि खेलमा पोखराका आयुश घलान र फ्रयांकलिन टलाले गोल गरेका थिए । धनगढीबाट कप्तान देवेन्द्र तामाङ र हिजाजीले गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरलाई अग्रतामा राखेका थिए । मोसेस त्वमले लेफ्ट साइडबाट गरेको क्रसलाई धनगढीको रक्षकले क्लियर गर्न नसक्दा अनमार्क रहेका आयुशले ६ यार्ड बक्सबाट बललाई सहजै पोस्टको दिशा दिएपछि पोखराले अग्रता बनाएको थियो । पहिलो हाफभर पोखराले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा धनगढी खेलमा फर्कियो ।

५४औँ मिनेटमा कप्तान देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । कमल श्रेष्ठले राइट साइडबाट गरेको क्रसमा देवेन्द्रले हेडर गोल गरे । देवेन्द्रको यो गोलमा पोखराका गोलकिपर प्रिसो प्रतिक्रियाविहीन बनेका थिए ।

Dhangadhi-sPkr-1703516036.jpg

यसपछि निर्धारित ९० मिनेटसम्म गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०२औँ मिनेटमा फ्रयांकलिन टलाले गोल गर्दै पोखरालाई २–१ को अग्रतामा राखे । सुरजजिउ ठकुरीले गरेको फ्रिकिक प्रहारमा कप्तान दीनेश राजवंशीको हेडरलाई धनगढीका गोलकिपर ताहाले रोके पनि नियन्त्रणमा लिन सक्दैनन् । सोही रिबाउन्डमा दीनेशकै प्रहारलाई ताहाले पुनः विफल बनाए पनि बललाई नियन्त्रणमा भने राख्न सक्दैनन् । पुनः रिबाउन्डमा मोसेस त्वमको हेडरलाई ताहाले फेरि बचाउँछन्, तर अझै नियन्त्रणमा भने राख्न सक्दैनन् । त्यही रिबाउन्डमा फ्रयांकलिन टलाले हेडर गोल गरेपछि पोखराले २–१ को अग्रता बनाएको हो । 

तर, अन्तिम मिनेटमा हिजाजीले बक्सभित्रबाट पावरफुल गोल गर्दै धनगढीलाई खेलमा फर्काएका थिए । मैदानको मध्य भागबाट आएको पासमा हिजाजीको पहिलो प्रहार पोखराका कप्तान दिनेश राजवंशीलाई डिफेक्ट भए पनि सोही रिबाउन्डमा हिजाजी आफैले शक्तिशाली प्रहारलाई जाली चुमाएका हुन् ।

Dhangadhi-Pkr-1703514610.jpg

जितसँगै फाइनलमा स्थान बनाएको धनगढीले अब उपाधिका लागि दोस्रो क्वालिफायर विजेतासँग खेल्नेछ । धनगढीसँग हार बेहोरेको पोखराले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्ने छ । प्लेअफको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

खेलको निर्धारित समयमा दुवै टिमले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । आठौँ मिनेटमा पोखराको अग्रता दोब्बर बनाउने सुनौलो अवसर धनगढीका गोलकिपर मोहमद ताहा बाधक बने । आयुश घलानले पेनाल्टी बक्सभित्रबाट तीन रक्षकलाई चकित पार्दै निकालेको ‘ब्याक पास’ मा दीपेश आले मगरको प्रहारलाई ताहाले उत्कृष्ट बचाउ गरे ।

1-Dhangadhi-Pokhara-1703508545.jpg

१९औँ मिनेटमा पोखराका मोसेस त्वमको प्रहार पोस्ट नजिकबाट बाहिरियो । स्टेफन पापा एनोरले लेफ्ट साइडबाट गरेको क्रसमा त्वमको ‘भली’ सेकेन्ड बार नजिकबाट बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

२४औँ मिनेटमा अहमद हिजाजीको हेडरमा पोखराका नरेन्द्र चौधरी बाधक बन्दा धनगढी बराबरीमा फर्किन सकेन । अभिषेक गुरुङको राइट साइडबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका अहमद हिजाजीको हेडरलाई गोललाइनबाट नरेन्द्रले छातीले रोक्दै धनगढीको खेलमा फर्किने प्रयासलाई सफल बन्न दिएनन् ।

Dhangadhi-Pokhara-1703508543.jpg

३१औँ मिनेटमा जोए आइडुको फ्रिकिकमा पुनः धनगढीका गोलकिपरले उत्कृष्ट बचाउ गरे । धनगढीका कप्तान देवेन्द्र तामाङको ह्यान्ड भएपछि पेनाल्टी बक्स बाहिरबाट फ्रिकिक पाएको थियो । जसमा आइडुको लोअर प्रहार राइट साइडमा ताहाले डाइभ हान्दै बललाई जोगाएका थिए । सोही बल पोस्टमा ठोक्किएर रिबाउन्ड आउँदा पोखराका मोसेस त्वम प्रहारका लागि पुगे पनि पुनः ताहाले बललाई नियन्त्रणमा राख्दै खतरा टारे ।

४८औँ मिनेटमा धनगढीको बराबरी गर्ने सुनौलो अवसरलाई पोखराका गोलपिकर प्रिसोले टारे । ५ को प्रहार कप्तान दीनेश राजवंशीले गोललाइनबाट हेडर क्लियर गरे । सोही रिबाउन्डमा हिजाजीले हेडर प्रयास गरे पनि प्रिसोले सहजै नियन्त्रणमा राखे । 

५४औँ मिनेटमा धनगढीका हिजाजीको प्रहारलाई पुनः प्रिसोले विफल बनाए ।

७२औँ मिनेटमा पोखराका फ्रयांकलिन टलाले सुनौलो अवसर सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाहिरिबाट सुरजजिउ ठकुरीको फ्रिकिकलाई मोसेस त्वमले हेडमार्फत मिलाइदिएको बलमा टलाको हाफ भली पोस्ट माथिबाट बाहिरिँदा धनगढीको खतरा टरेको हो । 

७९औँ मिनेटमा ओलावाले आफिजको सुन्दर भली प्रहारमा पोखराका प्रिसोले उत्कृष्ट ‘गोलकिपिङ’ को नमुना प्रस्तुत गरे । अभिषेक गुरुङले राइट साइडबाट गरेको क्रसलाई बक्सभित्रका हिजाजीले ‘एक्रोबेटिक’ प्रयास गरे पनि बिट हुँदा ओलावालको भली प्रहारलाई प्रिसोले उत्कृष्टरूपमा बचाए ।

Dhangadhi-Pokhara-1703508501.jpg

८३औँ मिनेटमा धनगढीका गोलकिपरले मोहमद ताहाले धनगढीको खतरा टारे । सुरजजिउ ठकुरीले प्रहार गरेको फ्रिकिकमा बक्सभित्रका आइडुको हेडरलाई ताहाले उत्कृष्टरूपमा विफल बनाए ।

निर्धारित समयको अन्तिम मिनेटमा पोखराका आइडुले ३० यार्डभन्दा परबाट गरेको भली प्रहार बार नजिकैबाट बाहिरिएपछि धनगढीको खतरा गरेको थियो ।

लिग चरणबाट नवीन न्यौपानेको टोली पोखरा शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आइपुगेको थियो । पोखराले आठ खेलमध्ये चारमा जित निकाल्दा तीनमा बराबरी र एक खेलमा हारको नतिजासहित १५ अंक जोडेको थियो । 

दोस्रो स्थानमा रहँदै प्लेअअफमा आएको धनगढीले समान खेलबाट तीन जित, चार बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेको थियो । धनगढीले एनएसएलको पहिलो संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि काठमाडौं रेजर्ससँग पराजित भएपछि उपविजेतामा खुम्चिएको थियो ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu