खेल

काठमाडौं । अतिरिक्त समयको अन्तिम मिनेटमा अहमद हिजाजीले बराबरी गोल फर्काएपछि नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र पोखरा थन्डर्सबीचको पहिलो प्लेअफ पेनाल्टी सुटआउटमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि थियो । तर, अन्तिम मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काएपछि नतिजा बराबरीमा आइपुगेको हो ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा पोखराका आयुश घलान र फ्रयांकलिन टलाले गोल गरे । धनगढीबाट कप्तान देवेन्द्र तामाङ र हिजाजीले गोल फर्काए ।
प्रकाशित मिति: सोमबार, पुस ९, २०८० २०:१५
प्रतिक्रिया दिनुहोस्