देश
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सोमबार र मंगलबार सार्वजनिक बिदा अदालत पनि बन्द रहने भएकाले सुनुवाइ बुधबार हुने भएको हो ।
यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो । रासस
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० २२:४७
प्रतिक्रिया दिनुहोस्