site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखरालाई साविक उपविजेताको चुनौती 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा लिग लिडर पोखरा थन्डर्सलाई साविक उपविजेता धनगढी एफसीले चुनौती प्रस्तुत गर्दै छ । 

लिग चरणबाट नवीन न्यौपानेको टोली शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आइपुगेको हो । पोखराले आठ खेलमध्ये चारमा जित निकाल्दा तीनमा बराबरी र एक खेलमा हारको नतिजासहित १५ अंक जोडेको थियो । 

दोस्रो स्थानको धनगढीले समान खेलबाट तीन जित, चार बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेको थियो । धनगढीले एनएसएलको पहिलो संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि काठमाडौं रेजर्ससँग पराजित भएपछि उपविजेतामा खुम्चिएको थियो । 

प्लेअफको पूर्व संध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरा थन्डर्सका मुख्य प्रशिक्षक नवीन न्यौपानेले अबको खेल सहज नहुने बताए । 

“प्ले अफमा पुग्न सफल चार टोलीलाई बधाइ छ । सबै टोली बराबर छन् । सबै टोली सेट भइसकेको छ । त्यसैले प्ले अफ खेल्न सहज हुने छैन,” न्यौपानेले भने, “जसले पाएको अवसर सदुपयोग गर्न सक्छ उसैले जित्छ । हामी धनगढीसँग खेल्न तयार छौँ । खेलाडी तयार भएका छन् ।”

यता, धनगढीका मुख्य प्रशिक्षक गत सिजन फाइनलमा हारेको भए पनि यसपटक भने उपाधि जित्ने दाबी गरे ।

“भोलि महत्त्वपूर्ण खेल हुने छ । लिग चरण निकै रोमाञ्चक भयो । बटम टिमले नि पहिलो टोलीलाई हराए । प्लेअफमा पुगेका चारै टोली बलिया छन् । लिगको अन्तिम तीन खेलमा जित निकाल्न सकेनौँ । तर, अब लिग चरणको प्रदर्शनले अर्थ राख्दैन,” राईले भने, “लिग चरणमा जस्तो ससाना गल्ती गर्ने छुट छैन । नक आउट खेल हो हामी उत्कृष्ट प्रदर्शन गर्न प्रयास गर्ने छौँ । गत संस्करणमा फाइनल हारेका थियौँ । यसपटक उपाधि जितेरै छाड्ने छौँ ।”

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुने छ । आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्ने छ । र, हार्ने टिमले भने दोस्रो प्लेअफको मौका पाउने छ ।

हार्ने टोलीले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro