विदेश
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भू–भाग र ७१ प्रतिशत जनसंख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिएका छन् ।
विपद् पूर्वतयारी देशको लागि अहिले महत्वपूर्ण रहेको उनले बताए । उनले भौगोलिक रूपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकाले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताए ।
गत फेब्रुअरीमा देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । एर्दोगानले टर्कीको प्राथमिक कार्यका लागि सहरी रूपान्तरण परियोजनाहरू हुने बताए ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० ०९:३९
प्रतिक्रिया दिनुहोस्