site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नुहाउन गएका बेला बाघको आक्रमण, बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार, बबई नदीमा नुहाउन गएका बेला शनिबार मध्याह्न करिब साढे १२ बजे बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । जिरा सामुदायिक वननजिकै पाटेबाघले आक्रमण गरेको हो ।

त्यसलगत्तै बालकलाई उपचारका निम्ति आरसी थारु मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दिउँसो साढे १ बजे बालकको मृत्यु भएको बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro