site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनसँग हारेपछि झापाको प्लेअफ सम्भावना कठिन, विशालले लिए सन्न्यास

काठमाडौं । शीर्ष चारको यात्राबाट बाहिरिसकेको एफसी चितवनसँग २–० ले पराजित भएपछि झापा एफसीको प्लेअफ सम्भावना कठिन बनेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवनलाई जित दिलाउन रफिक अमिनुको नै दुवै गोल गरे । चितवनको जितमा अमिनुसँगै गोलकिपर तथा कप्तान विशाल श्रेष्ठ पनि नायक बने । यो खेलसँगै विशालले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणासमेत गरे ।

झापाको हारसँगै प्लेअफ समीकरण रोचक बनेको छ । लिग चरणको सबै खेल खेलेको झापा १० अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ । शनिबार वीरगन्ज युनाइटेड एफसी र साविक विजेता काठमाडौं रेजर्सले आफ्ना खेलमा हार बेहोरे मात्रै झापा शीर्ष चारमा अटाउने छ । एक खेल कम खेलेको वीरगन्ज ८ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । झापालाई प्लेअफमा पुग्न ललितपुरको जितसँगै वीरगन्ज युनाइटेडको हार आवश्यक छ ।

Jhapa-Chitwansgfd-1703257422.jpg

शनिबारको बुटवल लुम्बिनीविरुद्धको जितले वीरगन्जलाई प्लेअफ पुर्‍याउने छ । यस्तै, नौ अंकका साथ छैटौँ स्थानमा रहेको काठमाडौंले आफ्नो अन्तिम खेलमा ललितपुर सिटी एफसीलाई हराए प्लेअफमा स्थान बनाउने छ । ललितपुर १० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । प्लेअफ पुग्न काठमाडौंविरुद्ध ललितपुरलाई बराबरीको नतिजा पर्याप्त हुने छ ।

शुक्रबारको यो नतिजासँगै चितवनले प्रतियोगिताको सुखद अन्त्य गर्‍यो । जितसँगै नौ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको चितवन यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो ।

Jhapa-Chitwan-dh-1703257422.jpg

झापाविरुद्ध मार्की खेलाडी विमल घर्तीमगरको कर्नरमा चितवनले खेलको सातौँ मिनेटमा अग्रता लियो । विमलको कर्नर बल अमिनुसम्म पुग्नुअघि अफ्रिई अक्वाहले उनलाई हेडमार्फत गोलको मौका मिलाइदिएका थिए । प्राप्त अवसरलाई अमिनुले हेडर नै पोस्टको दिशा दिए । झापाका गोलकिपर स्टेफन क्युपिकले पाँच खेलपछि पहिलो गोल खाएका हुन् ।

खेलको ७६औँ मिनेटमा अमिनुले दोस्रो गोल गरे । मध्यभागबाट एक्लै बल लगेका अमिनुले सुमीतलाई बिट गर्दै सुन्दर गोल गरे । अमिनुको राइट फुटेड प्रहार क्युपिकले बचाउन सकेनन् ।

Jhapa-Chitwan-dg-1703257421.jpg

निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा अञ्जनले पेनाल्टीमा चुके । छिरिङ गुरुङबाट फउल भएपछि अञ्जनले टोलीका लागि पेनाल्टी जितेका थिए । त्यसपछि झापाले कुनै पनि अवसर सिर्जना गर्न नसक्दा चितवनले प्रतियोगिताको दोस्रो जित हासिल गर्‍यो ।

शुक्रबार नै भएको पहिलो खेलमा पोखरा थन्डर्स र धनगढी एफसीले १–१ को बराबरी खेलेको थियो । दुवै टोलीले प्लेअफमा स्थान बनाइसकेका छन् ।

Jhapa-Chitwan-dghrey-1703257420.jpg

Jhapa-Chitwanewtysser-1703257420.jpg

Jhapa-Chitwan-gdg-1703257420.jpg

Jhapa-Chitwan-fhrtfhj-1703257420.jpg

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro