site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललितपुरका सहायक प्रशिक्षकलाई प्रतिबन्ध, इलामका विकेशलाई १० हजार जरिवाना
SkywellSkywell

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकार प्रतिबन्धमा परेका छन् । 

प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै ललितपुरका सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलको दोस्रो संस्करणका आगामी सबै खेलका लागि प्रतिबन्ध गरिएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

सिलाकारले पुस ३ गते स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्धको खेलमा रेफ्री सुरोजित दासमाथि हातपात र जातीय अपशब्द प्रयोग गरेका थिए । सोही कारण उनलाई आयोजकले तत्कालैदेखि लागु हुने गरी प्रतियोगिताको आगामी खेलबाट र एनएसएल सम्बन्धित सबै गतिविधिबाट प्रतिबन्ध लगाएको हो ।

एनएसईएमले उनलाई २० हजार जरिवाना गरेको छ । जरिवाना सिलाकारले व्यक्तिगतरूपमा तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, एनएसईएमले इलामका कप्तान विकेश कुथुलाई पनि एक खेलमा प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । विकेशले वीरगन्ज युनाइटेड एफसीसँगको खेलमा रेफ्रीमाथि आक्रोशित व्यवहार देखाएका थिए । विकेशले त्यसपछि रातो कार्डका कारण चितवन एफसीविरुद्ध खेल गुमाएका थिए ।

आयोजक एनएसईएमले दुवै घटना सम्बन्धमा थप अनुसन्धानका लागि एन्फको अनुशासन कमिटिलाई आग्रह पनि गरेको छ । यस्तै, आयोजकले प्रतियोगितामा उच्च खेलभावना राख्न सबै टिमलाई पत्राचार गरेको समेत जनाएको छ ।

NSL-1703147363.png

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu