site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तमिलनाडुमा बाढीबाट पाँचजनाको मृत्यु
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकोप्टर माग गरेका छन् । बाढीमा सयौँ मानिस फसेको भन्दै उनले संघीय सरकारसँग उद्धारका निम्ति थप हेलिकोप्टर सहयोग गर्न आग्रह गरेका हुन् ।

विगत दुई दिनयता परेको अविरल वर्षाले तमिलनाडुका दक्षिणी धेरै जिल्लाहरूमा ठूलो क्षति भएको छ । वर्षाका कारण बस्ती र सडकमा गम्भीर क्षति पुगेको हो ।

बाढीका कारण ४० लाखभन्दा बढी मानिस मारमा परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वर्षा र बाढीका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ । भारी वर्षाका कारण धेरै रेलहरू पूर्ण वा आंशिक रूपमा रद्ध गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro