site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बुटवललाई हराउँदै पोखरा बन्यो एनएसएलको सेमिफाइनल पुग्ने पहिलो टिम

काठमाडौं । इन्जुरी समयमा मोसेस त्वमले निर्णायक गोल गरेपछि नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसीलाई १–० ले हराउँदै पोखरा थन्डर्सले सेमिफाइनलमा स्थान पक्का गरेको छ । जितसँगै पोखरा अन्तिम–४ मा स्थान बनाउने पहिलो टिम बनेको हो ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इन्जुरी टाइमको पाँच मिनेट सम्हालिन नसक्दा बुटवलले तीन अंक गुमाउनुपरेको हो । खेलको इन्जुरी समयमा त्वमले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए । मैदानको मध्य भागमा बुटवलका तीन खेलाडीलाई छक्याउँदै आयुशले निकालेको बललाई मोसेस त्वमले हसजै पोस्टको दिशा दिएका थिए ।

दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाँडे । मैदानको मध्य भागमा बुटवलका तीन खेलाडीलाई छक्याउँदै आयुशले निकालेको बललाई मोसेस त्वमले हसजै पोस्टको दिशा दिएका थिए ।

NS-Pokhara-Butwal-1702992116.jpg

जितसँगै सात खेलबाट १४ अंक जोडेको पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले सात खेलमध्ये चार खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ । यता, पोखरासँगको हारले बुटवलको अन्तिम–४ पुग्ने सम्भावना भने कमजोर बनेको छ । सात खेलबाट सात अंक जोडेको बुटवल तालिकाको सातौँ स्थानमा छ ।

खेलमा दुवै टिमले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । खेलको ६५औँ मिनेटमा सञ्जीव विष्टले सुनौलो अवसर सदुपयोग गर्न नसक्दा पोखराले अग्रता बनाउन सकेन । लेफ्ट साइडमा आयुश घलानले निकालेको हेडर पासलाई नियन्त्रणमा लिँदै सञ्जिवले ‘वान भर्सेस वान’ को अवस्थामा बुटवलका गोलकिपर मोहमोदोउले उत्कृष्ट बचाउ गर्दै खतरा टारेका थिए ।

त्यसको अर्को मिनेटमा बुटवल लुम्बिनीले अवसर बनाएको थियो । आशिष लामाले नै निकालेको बललाई स्टेफन बिनोङले ‘वाल पास’ निकालेका थिए । जसलाई १८ यार्ड बक्स बाहिरबाट आशिषको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

७४औँ मिनेटमा बुटवलका एरिक विष्टले गरेको फ्रिकिक प्रहारलाई पोखराका प्रिसो एन्जांगाले विफल बनाउँदै आफ्नो टिमको खतरा टारेका थिए ।

६औँ मिनेटमा जोए आइडूले १ यार्ड बक्सभन्दा बाहिरबाट गरेको लामो प्रहारलाई मुस्किलले पन्च गर्दै बुटवलका गोलकिपर मोहमोदोउले पोखराको अग्रता लिने सम्भावनालाई विफल बनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro