site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रेड नोटिस’ जारी गरिएका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइयो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका एक व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा छन् ।

एनसीबी कुवेतको समन्वयमा उनलाई पक्राउ गरिएको थियो । सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार उनलाई नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

लामाविरुद्ध प्रहरी वृत्त जगातीमा जबरजस्ती करणी मुद्दामा उजुरी दर्ता गरिएको थियो । प्रहरी अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा रहेको थाहा भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास र पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी गरिएको थियो । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro