site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग लिडर जिरुनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर जिरुनाले डिपोर्टिभो अलाभेसविरुद्ध ३–० को सहज जित निकालेको छ ।

मंगलबार स्टाडि म्युनिसिपल डे मोन्टिलिभीमा भएको खेलमा जिरुनालाई जित दिलाउन अर्टेम डोभबीवाइकेले दुई र क्रिस्टियन पोर्टुले एक गोल गरे ।

Dabur Nepal
NIC Asia

२३औँ मिनेटमा डोभबीवाइकेले गोल गर्दै जिरुनालाई अग्रतामा राखेका थिए । ४२औँ मिनेटमा पोर्टुले गोल गरेपछि जिरुनाले अग्रता दोब्बर बनाएको थियो । ५९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई डोभबीवाइकेले सदुपयोग गर्दै जिरुनाको अग्रतालाई ३–० मा पुर्‍याएका थिए ।

जितसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको जिरुनाले १७ खेलबाट ४४ अंक जोडेको छ । जिरुनालाई पछ्याइरहेको रियाल मड्रिडको समान खेलबाट ४२ अंक छ । गत सिजनको विजेता बार्सिलोना ३५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । जिरुनासँग पराजित अलाभेस १३औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro