site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेवाग्राहीबाट 'पाँच लाख रुपैयाँ लिने' वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

हेटौँडाबाट खटिएको आयोगको टोलीले कार्कीलाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट नियन्त्रणमा लिइएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro