site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंविरुद्ध अग्रता जोगाउन नसक्दा रोकियो धनगढी 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्सविरुद्ध धनगढीले एफसीले १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १४औँ मिनेटमा धनगढीले अग्रता बनाएको थियो । धनगढीका अहमद हिजाजीले गोल गर्दै धनगढीलाई अग्रतामा राखेका थिए । तर, किंग्यु ओलिभरले ६६औँ मिनेटमा गोल गर्दै काठमाडौंलाई खेलमा फर्काएका थिए ।

Kathmandu-Dhangadhi-dgt-1702910398.jpg

जारी लिगमा अपराजित साविक उपविजेता धनगढीको यो तेस्रो बराबरी हो । ६ खेलबाट १२ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

साविक विजेतासमेत रहेका काठमाडौंको पनि यो तेस्रो बराबरी हो । ६ खेलबाट नौ अंक जोडेको काठमाडौं तालिकाको चौथो स्थानमा छ ।

Kathmandu-Dhangadhi-dcgf-1702910395.jpg

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

Kathmandu-Dhangadhi-sdtgdg-1702910393.jpg

Kathmandu-Dhangadhisdtyrsey-1702910392.jpg

Kathmandu-Dhangadhi-dt-1702910391.jpg

Kathmandu-Dhangadhidytfdy-1702910391.jpg

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro