site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटी एक्सप्रेसको मेगा बम्पर उपहारका विजेताको नाम घोषणा

काठमाडौं  । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाएको भन्दा १० गुणा बढी पाऔँ’ अफरको मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ ।

सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनोट गरिएको हो ।

यस अफरको विजेता साउदी अरबबाट रेमिट्यास पठाउने राजु तामाङ बनेका छन् । तामाङले आफूले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा पाँच लाख ३० हजार ७५० जित्न सफल भएका छन् । अफर असोज १५ देखि मंसिर १५ गतेसम्म ६१ दिन चलेको थियो ।

यस अफरअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनालाई जनही एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ, हरेक दिन १०० जना विजेतालाई जनही ५०० रुपैयाँको वालेट टप्अप्  र अन्त्यमा एकजना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro