site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमका अध्यक्षले आफ्ना काम कम प्राधिकरणको दोष बढी देखाएपछि 'रिसायो' समिति !

काठमाडौं । संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले सोमबार नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेको सम्बन्धमा छलफल गर्न निगमका पदाधिकारीलाई बोलाएको थियो ।

छलफलको विषय राखिएको थियो– युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेको, नयाँ विमान खरिद पक्रिया र निगम सम्बद्ध समसामयिक विषयहरू ।

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका कर्मचारीहरू उपस्थित थिए ।

Antarastriya-Samiti-1702907751.png

बैठककै सुरुमै समितिका सभापति राजकिश्वार यादवले युरोपियन युनियन (ईयू)ले निगमलाई कालोसूची राखेको विषयमा जानकारी गराउन समय दिए । उनले ईयूले औँल्याएका कमजोरी र निगमले सुधारका लागि गरेका पहलबारे जानकारी गराउन भनेका थिए ।

त्यसपछि कार्यकारी अध्यक्ष अधिकारीले बिफ्रिङ गर्न थाले । कार्यकारीले ईयूको प्रतिवेदनमा औँल्याएको विषयलाई सम्बोधन गर्न नेपाल नागरिक उड्ड्यन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरूले मिलेर काम गर्नुपर्ने तर्क गरे । निगम एक्लैको कारण नेपालको हवाई उडान क्षेत्रलाई ईयूले कालोसूचीमा यस वर्ष पनि राखेको तर्क सत्य नभएको उनको जिकिर थियो ।

"नेपाल वायु सेवा निगमको कमजोरीको कारणले ब्ल्याकलिस्टबाट हटेन भन्ने म्यासेज आएपछि हामी स्तब्ध भयौँ । तर, वास्तविकता त्यो थिएन । पहिला हामीले बाहिर बोल्नुभन्दा पनि ईयूको रिपोर्ट नै हेर्‍यौँ । सो रिर्पोटमा पनि त्यस्तो थिएन । हाम्रा तीनवटा कुराहरू औँल्याएको छ, सुधार गर्नुपर्ने भनेर । र, क्यानको विषयमा पनि ५–७ वटा बुँदाहरू औँल्याएको छ," उनले भने ।

Yubraj-Adhikari-1702907747.jpg

निष्कर्षमा उनले प्राधिकरणको कमजोरी औँल्याएका थिए । प्राधिकरण हवाई उडान क्षेत्रको नियामक निकाय भएकाले उसैको अगुवाइमा समस्याहरू समाधान गर्नुपर्ने उनको तर्क थियो ।

"तर, एकले अर्कालाई दोषारोपण गरेर समस्याको समाधान हुँदैन । अधिकांश समस्याहरूको समाधान भइसकेको छ । केही संरचनागत सुधारका कुराहरू छन् । यसलाई पनि सिभिल एभिएसन र एयरलाइन्सहरूले मिलेर अघि बढे, यो ब्ल्याकलिस्टबाट चाँडै नै हट्छ भन्नेमा निगम विश्वस्त छ," उनले भने ।

Antarastriya-Samiti-2-1702907755.png

तर, उनको ब्रिफिङ समितिलाई चित्त बुझेन । समिति सभापति यादवले कालोसूचीबाट हट्न निगमले गरेका कामकारबाही प्रस्तुत गर्नुपर्ने बताए । उनले प्राधिकरणको विषयमा आफूहरू प्राधिकरणबाटै बुझ्ने पनि बताए ।

“अन्तर्राष्ट्रियरूपमा नेपालको बेइज्जत हुने स्थितिमा पुगेको छ । जसरी अहिले कुरा आयो नि नेपाल एयरलाइन्स सिङ्गल बडी हो, अरू पनि जोडिएको हो । तर, नेपाल एयरलाइन्सले त्यो सेफ्टी पार गरेको भए कम्तीमा यो एयरलाइन्स त युरोप जान पाउँथ्यो नि । अरू डोमेस्टिकहरूको कुरा आफ्नो होला, त्यो हामी क्यानसँग कुरा गरौँला । त्यसैले मेरो स्पष्ट यहाँहरूसँग कुरा के हो भने तपाईंले आफ्नो पार्टमा मैले योयो गरेँ । अब, मैले आफ्नो तर्फबाट सबै जिम्मेवारीहरू पूरा गरेँ । मेरो बलबुताले भ्याएसम्म यो गरेँ भन्नुपर्‍यो । अरू मन्त्रालय र क्यानको बारेमा हामी उनीहरूसँगै हिसाब मागौँला, तपाईंको प्रस्तुति पुगेन  । तपाईंहरू प्रमाणसहित आउनुपर्‍यो । त्यसपछि मात्रै हामी अरू विषयमा छलफल गरौँला,” सभापति यादवले भने ।

Antarastriya-Samiti-1-1702907752.png

उनले ईयूको प्रतिवेदनमा औँल्याएको कमजोरी र सुधारका लागि निगमले गरिरहेको प्रयासहरू बुँदागतरूपमै ल्याएर आउन भनेका छन् । समितिले निगमका अधिकारीहरूलाई फेरि छलफलका लागि पुस ५ गते बोलाएको छ ।

"अब यो पहिले जस्तो हामी कुरा धेरै गर्ने, तर रिजल्ट नआउने अवस्था हुनुहुन्न । त्यसैले अब ५ गते ११ बजे डकुमेन्टसहित तपाईंहरूको फुल टिम आउनुहोला,” सभापति यादवले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro