site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय प्यालेस्टाइनी स्रोतका अनुसार इजरायली सेनाले सहरनजिकैको शरणार्थी शिविरमा १० घण्टा लामो सैन्य आक्रमण गरेको थियो ।

Dabur Nepal
NIC Asia

यसैबीच, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्मनजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिका क्रममा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको र हतियार जफत गरिएको जनाएको छ ।

आधिकारिक प्यालेस्टाइनी समाचार एजेन्सी डब्ल्यूएएफएका अनुसार अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि कम्तीमा २९६ प्यालेस्टाइनी वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro