site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बाजुरा । मार्तडी–घटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२, खडीगाडमा आइतबार बेलुका ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडाका ३३ वर्षीया करिष्मा रोकाया, बडीमालिका–१ का ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ का ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु४त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकार्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले बताए ।

लु४त ७३०५ नम्बरको ट्याक्टर सडकको माथिपिट्ट दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।

लु४त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरका ट्याक्टर चालकसहित चारजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ ।

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

मृतकको सनाखत गरेर शव जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले जनाएको छ । दुईवटै ट्याक्टरमा चार/चारजना सवार थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro