site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संसद्‌मा सुरक्षा उल्लंघन अत्यन्त गम्भीर : मोदी
फाइल तस्बिर : रोयटर्स ।

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसद्को तल्लो सदन लोकसभामा सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।

मोदीले यो विषयमा बहस गर्नुपर्ने आवश्यकता नभएको तर यसका पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ गर्नुपर्नेमा जोड दिए ।

बुधबार दुई युवकले आगन्तुक दीर्घाबाट लोकसभामा हामफालेर रङको धुलो फ्याँकेका थिए । सोही समयमा एक पुरुष र एक महिला गरी दुईजनालाई प्रहरीले संसद् भवनबाहिरबाट हिरासतमा लिएको थियो ।

घटनामा संलग्न चारबाहेक संदिग्ध अरू दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनुसन्धानकर्तालाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानको समस्याप्रति ध्यानाकर्षण गराउनु रहेको बताएका छन् ।

विपक्षी सांसदहरूले संघीय गृहमन्त्री अमित शाहसँग संसद्भित्र भएको सुरक्षा उल्लंघनबारे जवाफ दिन माग गर्दै आएका छन् ।

यो विषयले संसद्का दुवै सदनको बैठक अवरुद्ध भएको छ । विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्यसभाका एक सदस्यलाई निलम्बन गरिएको थियो ।

शनिबार लोकसभाको तल्लो सदनका सभामुखले सुरक्षा उल्लंघनको गहन अनुसन्धानका निम्ति उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro