site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भ्रमण भिसा : एक हजार ५०० मा २४६ कागजात नक्कली
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भ्रमण भिसामा विदेश जान लागेका एक हजार ५०० भन्दा बढी युवाका कागजात अध्ययन गर्दा २४६ जनाको कागजात नक्कली फेला परेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाई मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका निम्ति नभई कामका लागि जाने गरेका छन् ।

शंकास्पद कागजातका विषयमा गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार ५१२ जनाको कागजात अध्ययन गर्दा त्यसमध्ये २४६ प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायत कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेको समेत पाइएको छ । 

त्यसरी अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित एजेन्ट, कन्सल्टेन्सी, ट्राभल एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँ दिएर मिलेमतोमा मिलाई पठाउने देखिएको पाइएको पनि उनले बताए ।

Global Ime bank

सोही आधारमा मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई विभिन्न मितिमा पक्राउ गरी संगठित अपराध, लिखतसम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारबाही थालिएको छ ।

सोही अध्ययनका आधारमा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसँग मिलेमतोमा नक्कली कागजातका आधारमा विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारका रूपमा लगाइने र शोषण समेत हुने तथा पुरुषले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाइने गरेको पाइएको छ ।

त्यसरी गएकालाई पछि स्वदेश फर्काउन समेत कठिनाइ हुने गरेको प्रहरीको निष्कर्ष छ । अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले यसरी मिलेमतोमा ३०० जना पठाएको पाइएको छ ।

यस्तै, निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र निजकै ट्राभल्समा काम गर्ने उनकै सालो पदम लामालाई पक्राउ गरी लिखितसम्बन्धी कसुर समेतका अपराधमा प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ ।

सोही कार्यमा संलग्न रहेका आधारमा नेपाल एयरलाइन्सका अरविन्द यादव, होम पोखरेल, ट्राभल्स एजेन्सीका मनुराम चौधरी, स्काई ट्राभल्स एन्ड टुरका दिनेश ज्ञवाली, रोयल ट्राभल्सका सञ्चालक देवराज खनालसहित गणेश पाण्डे, सञ्जय तामाङ, रामप्रसाद भण्डारी सरोजकुमार यादव, राजकिशोर शाह, रविन अर्याललगायत व्यक्तिलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय