site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अजेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

ब्युनस आयर्स । अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लांकामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लांकाको छत खसेको थियो । “दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ,” नगरपालिकाले विज्ञप्तिमा भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसको उद्धारका निम्ति काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।

उक्त सहरमा १४० किलोमिटर (८७ माइल) प्रतिघण्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्र गतिको हावा आएसँगै केही भागमा बिजुली समेत गएको थियो । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !