site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उच्च अदालतमा अटोमेसन : पुस ८ गतेपछि मात्र पूर्णाभ्यास 

काठमाडौं । उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिखको अभ्यास थालिएको छ । आजदेखि पेसी तारिख ओमेसनको अभ्यासका लागि गृहकार्य भएपनि प्राविधिक तयारी पुरा नहुँदा पूर्णाभ्यासका लागि पुस ८ गतेको समय तोकिएको छ । 

“पेसी तारिख अटोमेसनको सुरुवात आजदेखि गर्दैछौँ । तर, यसको पूर्णअभ्यास भने पुस ८ गतेबाट हुनेछ,” उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बाह्रखरीसँग भने, “८ गते सम्माननीय प्रधानन्यायाधीशले उच्च अदालतमै आएर उद्घाटन गर्ने कार्यक्रम छ ।” 

उनले त्यही दिनदेखि पेसी तारिख अटोमेसनको पूर्णअभ्यास थाल्ने जानकारी दिए । सर्वोच्चबाट पाइलट प्रोजेक्टका रूपमा अभ्यास थालिएको पेसी तारिख अटोमेसन चार महिनाको अभ्यासपछि उच्चमा गर्न लागिएको हो । 

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले पेसी तारिख अटोमेसनमा तोक्ने प्रविधिको आरम्भ गरेका थिए । 

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौमा पेसी तारिख ‘अटोमेसन’मा तोक्ने थालनी गर्दा नै सर्वोच्चमा पाइलट प्रोजेक्टमा सुरु भएको अभ्यास विस्तारित गर्दै लैजाने बताएका थिए ।

उनले पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासले नागरिकमा न्यायालयप्रतिको विश्वास बढेर जाने विश्वास व्यक्त गरेका थिए । प्रविधिले विभेद नगर्ने र त्यो विश्वास सर्वसाधारणमा समेत पुग्दा सेवाग्राहीको न्यायालयप्रतिको विश्वास बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro