site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्ति नमुनाले जित्यो आईएसएमी गुरुकुल अन्तर–कलेज फुटसलको उपाधि 

काठमाडौं । आईएसएमी गुरुकुल अन्तर–कलेज फुटसल प्रतियोगिताको उपाधि शान्ति नमुना कलेजले जितेको छ । शनिबार भएको फाइनलमा पारामाउन्ट कलेजलाई ३–२ ले हराउँदै शान्ति नमुनाले उपाधि जितेको हो । 

गुरुकुल एजुकेसन हबको आयोजनामा भएको प्रतियोगितामा होराइजोन जीबीएसका करण अधिकारी उच्च गोलकर्ता बने । उत्कृष्ट गोलकिपर शान्ति नमुनाका सरोज थारु चुनिए । 

यस्तै, होराइजोन जीबीएसले प्रतियोगिताको ‘फेयर प्ले अवार्ड’ पायो । तिलोत्तमा नगरपालिकाको शंकरपुरस्थित युनिक फुटसल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन तिलोत्तमा–५ का वडा अध्यक्ष रमेश डुम्रेले गरेका थिए । 

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल शनिबार भएका हुन् । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro