site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिख

काठमाडौं । उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिख तोकिने भएको छ । सर्वोच्च अदालतबाट पेसी तारिख सुरु गरेको चार महिनामा उच्च अदालतमा पनि तारिख तोकिने अभ्यास सुरु हुन लागेको हो ।

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिख तोक्ने प्रविधिको शुभारम्भ गरेका थिए ।

आजदेखि सबै उच्च अदालतमा पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासका लागि तयारी जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौमा पेसी तारिख ‘अटोमेसन’मा तोक्ने थालनी गर्दा नै सर्वोच्चमा पाइलट प्रोजेक्टमा सुरु भएको अभ्यास विस्तारित गर्दै लैजाने बताएका थिए । उनले पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासले नागरिकमा न्यायालयप्रतिको विश्वास बढेर जाने उनको विश्वास थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro