site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरणमा मिलेमतोमा अर्बौँ रुपैयाँको भ्रष्टाचार : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरू डुबेका कारण विभिन्न प्रकरणहरू सार्वजनिक भइरहेको बताएका छन् ।

शनिबार विराटनगरमा दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला भ्रष्टाचार हुनै नसक्ने बताए । उनले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको उल्लेख गरे ।

एनसेल प्रकरणमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौँ रुपैयाँको भ्रष्टाचार भएको आरोप उनले लगाए ।

नेता कोइरालाले राजनीतिक दलका नेता र नेतृत्वका कारण व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएकामा जोड दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro